‘भारतले संसदमा राखेको नक्साबारे सरकारले कूटनीतिक नोट पठाउनुपर्छ’
काठमाडौँ । पेसागत महासंघ नेपालले भारतलाई नेपाली भूमि समेटिएको नक्सा राखेको सम्बन्धमा कूटनीतिक नोट पठाइ ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको छ ।
भारत सरकारले आफ्नो नयाँ संसद भवनमा नेपालको भूमि समेटिएको नक्सा राखेकोप्रति आपत्ति जनाउँदै कूटनीतिक नोट पठाइ ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको हो । साथै महासंघले विगतमा भएका असमान सन्धि सम्झौता खारेज गर्न र प्राकृतिक श्रोत साधनसम्बन्धी सन्धि सम्झौता नेपालको हित अनुरूप लागू गर्न सरकारसँग माग गरेको छ ।
आइतबार काठमाडौँमा भएको पत्रकार सम्मेलनमा बोल्दै पेसागत महासंघ नेपालका महासचिव राजन रेग्मीले महासंघले नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर भ्रष्टाचार गर्ने अपराधीलाई कडा कारबाही गर्न पनि माग गरेको बताए ।
उनले विगतमा भएका अनियमितता र भ्रष्टाचारमा संलग्न दोषीलाई कारबाही गर्नका साथै बुहदलीय व्यवस्थाको पुनः स्थापना यता राजनीतिक व्यक्ति र कर्मचारीतन्त्र भित्रका अकुत सम्पत्ति कमाउने व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय अधिकार सम्पन्न छानबिन समिति गठन गर्न माग गरेको बताए ।
महासंघको लोगो, नाम, झण्डा, छाप लगायतका सामानहरुको दुरुपयोग गर्नेहरुलाई कारबाही गर्न पनि महासंघले माग गरेको छ । उनले आम श्रमीकका माग सम्बोधनका लागि उच्चस्तरी श्रम आयोग गठन गर्नपनि माग गरे । कर्मचारीहरुले पाइरहेको कुनैपनि सेवा सुविधा कटौती नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । उनले संघीय निजामती सेवा ऐन, शिक्षा ऐन, स्वास्थ्य ऐन लगायतका ऐनहरु चाँडो भन्दा चाँडो जारी गर्न सरकारसँग माग गरिएको बताए ।
महासंघले उच्चस्तरीय तलव सुविधा आयोगले नेपाल सरकार समक्ष सिफारिस गरे अनुसारको तलव सुविधा लागू गर्न सरकारसँग माग गरेको छ । सहकारीका समस्या समयमै समाधान गर्न, सार्वजनिक संस्थानहरुको सुधार गरी ७५३ वटै पालिकासम्म सेवा बिस्तार गर्न पनि ध्यानाकर्षण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ दिल्लीमा कक्रोच जनता पार्टीको निरन्तर धर्ना : शिक्षा मन्त्रीको राजीनामा माग
-
केप भर्डेका गोलकिपर भोजिन्हा र उनकी आमा आनाको यो जीत
-
रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस
-
रणवीर सिंह बने सबैभन्दा महँगा भारतीय अभिनेता, ‘धुरन्धर’बाट कमाए ३२५ करोड भारु
-
रास्वपाको बन्दसत्र सुरु नभएपछि महाधिवेशनस्थलमा जे देखियो (तस्बिरहरू)
-
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण