बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
सेयर बजार

सेयर बजारमा उत्साह : पहिलो दिनमै नेप्से सूचक ४० अंकले बढ्यो

आइतबार, २८ जेठ २०८०, १६ : ०१
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । सेयर बजारमा उत्साह छाएको छ । साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से सूचक ४०.४८ अङ्कले बढ्दै १९ सय ८०.०९ अङ्कको विन्दुमा उक्लिएको हो ।  यस्तै आज कारोबारमा समेत उच्चता आउँदै ३ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको ९५ लाख २८ हजार कित्ता बराबरको सेयर कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स ६.१० अङ्कले बढ्दै ३७०.५२ अङ्कको विन्दुमा उक्लिएको छ ।  यसदिन १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी फाइनान्स समूह र इन्भेस्टमेन्ट समूहको उपसूचक क्रमशः ५.७२ प्रतिशत र ५.११ प्रतिशतले बढेको छ भने आज डेभलपमेन्ट बैंक समूहको उपसूचक ४.६६ प्रतिशतले बढेको छ । 
 

यस्तै, ट्रेडिङ समूहको उपसूचक ३.८८ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक ३.५३ प्रतिशतले बढेको छ ।  आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१ को सेयर मूल्य ३.८३ प्रतिशतले घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप