सेयर बजारमा उत्साह : पहिलो दिनमै नेप्से सूचक ४० अंकले बढ्यो
काठमाडौँ । सेयर बजारमा उत्साह छाएको छ । साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से सूचक ४०.४८ अङ्कले बढ्दै १९ सय ८०.०९ अङ्कको विन्दुमा उक्लिएको हो । यस्तै आज कारोबारमा समेत उच्चता आउँदै ३ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको ९५ लाख २८ हजार कित्ता बराबरको सेयर कारोबार भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स ६.१० अङ्कले बढ्दै ३७०.५२ अङ्कको विन्दुमा उक्लिएको छ । यसदिन १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी फाइनान्स समूह र इन्भेस्टमेन्ट समूहको उपसूचक क्रमशः ५.७२ प्रतिशत र ५.११ प्रतिशतले बढेको छ भने आज डेभलपमेन्ट बैंक समूहको उपसूचक ४.६६ प्रतिशतले बढेको छ ।
यस्तै, ट्रेडिङ समूहको उपसूचक ३.८८ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक ३.५३ प्रतिशतले बढेको छ । आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१ को सेयर मूल्य ३.८३ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण