सिटिजन्स बैंकद्वारा रंगेली अस्पताल र कन्या क्याम्पसलाई प्रोजेक्टर वितरण
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी प्रदेशस्थित रंगेली अस्पताललाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजको लागि फ्रिज प्रदान गरेको छ । शुक्रबार सिटिजन्स बैंक इन्टरनेशनलको प्रदेश कार्यालय विराटनगर मार्फत शाखा कार्यालय रंगेलीद्वारा रंगेली अस्पातलाई एक समारोहका बीच ती सामान प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा रंगेली नगरपालिकाका नगर प्रमुख दिलीप कुमार अग्रवाल, उपप्रमुख भुमा पराजुली, रंगेली अस्पाताल विकास समितिका अध्यक्ष साथै अन्य अस्पातल प्रशासनका कर्मचारी र बैंकका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । यसको साथै सिटिजन्स बैंकले डिल्लीबजार स्थित डिल्लीबजार कन्या क्याम्पसलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रोजेक्टर हस्तान्तरण गरको छ । विद्यार्थीहरुलाई पठानपाठन मा सजिलो होस भन्ने मनासयले प्रोजेक्टर प्रदान गरको हो ।
निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रमहरु प्रदेशका अन्य शाखाहरु मार्फत सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण