सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा रंगेली अस्पताल र कन्या क्याम्पसलाई प्रोजेक्टर वितरण

आइतबार, २८ जेठ २०८०, १६ : ३३
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी प्रदेशस्थित रंगेली अस्पताललाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजको लागि फ्रिज  प्रदान गरेको  छ । शुक्रबार सिटिजन्स बैंक इन्टरनेशनलको प्रदेश कार्यालय विराटनगर मार्फत शाखा कार्यालय रंगेलीद्वारा रंगेली अस्पातलाई एक समारोहका बीच ती सामान प्रदान गरिएको हो । 

उक्त कार्यक्रममा रंगेली नगरपालिकाका नगर प्रमुख दिलीप कुमार अग्रवाल, उपप्रमुख भुमा पराजुली, रंगेली अस्पाताल विकास समितिका अध्यक्ष साथै अन्य अस्पातल प्रशासनका कर्मचारी र बैंकका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । यसको साथै सिटिजन्स बैंकले डिल्लीबजार स्थित डिल्लीबजार कन्या क्याम्पसलाई  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रोजेक्टर हस्तान्तरण गरको छ । विद्यार्थीहरुलाई  पठानपाठन मा सजिलो होस भन्ने मनासयले प्रोजेक्टर प्रदान गरको हो ।

निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रमहरु प्रदेशका अन्य शाखाहरु मार्फत सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप