काेशी प्रदेश
कोशी प्रदेशसभाको बैठक बुधवार
आइतबार, २८ जेठ २०८०, १७ : ३९
काठमाडौँ । अनिश्चितकालका लागि स्थगित कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बुधवार दिनको १ बजे बस्ने भएको छ। मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएपछि जेठ २३ देखि अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा स्थगित भएको थियो । जेठ २४ मा नीति तथा कार्यक्रम सदनमा पेस हुने तयारी थियो ।
सदन स्थगनमा गएपछि नीति कार्यक्रम पेस भएको छैन । सरकार अल्पमतमा परेर सदन स्थगित भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ। यहीबेला सभामुख बाबुराम गौतमले संसद् बैठक बोलाएका छन्। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन् । आइतबार मात्रै प्रदेशका विपक्षी दलहरूले अध्यादेशबाट बजेट नल्याउन , त्यसरी ल्याए अस्वीकार गर्ने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण