प्युठान कार दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्री प्रचण्डद्वारा समवेदना प्रकट
सोमबार, २९ जेठ २०८०, २१ : २९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्युठानमा सोमबार दिउँसो भएको कार दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा मृत्यु हुने आठ तथा मृतकको परिवारमा समवेदना प्रकट गरेका हुन् ।
“प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेको कार दुर्घटना हुँदा आठ जनाको निधन भएको खबरले दुःखित बनाएको छ । उक्त दुर्घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु”, समवेदनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी
-
शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण
-
सामुदायिक विद्युतीकरण विस्तारमा समस्या
-
दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
-
नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री पुग्ने, धनकुटा र विराटनगरमा झरी
-
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण