सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

क्वालालम्पुर-भैरहवा उडान : नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

मङ्गलबार, ३० जेठ २०८०, १७ : ४०
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ । नेपाल वायुसेवा निगमले क्वालालम्पुर-भैरहवा उडानले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छ । मंगलबार निगमका प्रवक्ता रमेश पौडेलले विज्ञप्ति जारी गर्दै क्वालालम्पुर-भैरहवा सिधा उडानले पर्यटन प्रबद्धनमा टेवा पुग्ने बताएका हुन् ।

मंगलबार निगमको जहाजले क्वालालम्पुर-भैरहवा सेक्टरमा व्यावसायिक उडान सुरु गरेको हो । उक्त जहाजले भैरहवासम्म ३१ जना यात्रु र काठमाण्डौंसम्मको लागि ६० जना गरी जम्मा ९१ जना यात्रु लिएर आएको थियो ।

विज्ञप्तिमा भनिएको छ,'गौतम बुद्धको जन्मभूमि लुम्बिनी लगायत नेपालको पर्यटन प्रवर्द्धन गर्ने, बौद्धमार्गी पर्यटकहरुलाई आकर्षण गर्न विशेष ट्राभल प्याकेज बनाउने उद्देश्यले उक्त उडानमा मलेसियाबाट एक प्रतिनिधि मण्डल समेत अध्ययन भ्रमणमा आएकोले नेपालको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास रहेको छ । हाल साताको एउटा व्यावसायिक उडानबाट सुरु गरिएपनि बजारको माग र निगमको स्रोत, साधन एवं बजार व्यवस्थापन अनुसार उडान र गन्तव्य थप्दै लगिने छ ।'

 यात्रुहरूलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, राज्यमन्त्री  सुशिला सिर्पाली, पर्यटन सचिव सुरेश अधिकारी, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष  युवराज अधिकारी लगायतले स्वागत गरेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप