फौजदारी मुद्दामा पक्राउ परेका ट्रम्प सुनुवाइपछि रिहा
काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प गोप्य कागजातसँग सम्बन्धित आपराधिक मुद्दामा मंगलबार पक्राउ परेका छन्। ट्रम्प यस मामिलामा मियामी अदालतमा उपस्थित हुन पुगेका थिए। तर, गोप्य कागजात मुद्दा प्रकरणमा भएको सुनुवाइपछि उनलाई अदालतबाट बाहिरिने अनुमति दिइएको थियो ।
सुनुवाइका क्रममा ट्रम्पले गोप्य कागजातको मामिलामा आफू दोषी नभएको अदालतमा पुनः बताएका थिए । ट्रम्पले गोप्य कागजातको कथित छेडछाडसँग सम्बन्धित ३७ आरोपमा आफू दोषी नभएको जिकिर गरेका छन् ।
ट्रम्पका वकिल टोड ब्लान्चेले न्यायाधीशलाई भने, ‘हामी पक्कै पनि यस मामिलामा दोषी छैन, आरोपलाई अस्वीकार गर्छौँ।’ यसअघि सुनुवाइको सामना गर्न ट्रम्प दिउँसो मियामी पुगेर अदालतमा आत्मसमर्पण गरेका थिए। त्यसपछि उनलाई अदालतमै पक्राउ गरिएको थियो ।
मिडिया रिपोर्टका अनुसार मंगलबारको सुनुवाइको क्रममा मजिस्ट्रेट न्यायाधीश जोनाथन गुडम्यानले ट्रम्पले आफ्ना सहयोगी वाल्ट नाउटुसँग मुद्दाको बारेमा कुरा गर्न नसक्ने बताए। न्यायाधीशले अभियोजकहरूलाई सम्भावित साक्षीहरूको सूची तयार गर्न पनि भनेका थिए, जससँग डोनाल्ड ट्रम्प मुद्दाको सम्बन्धमा बोल्न सक्दैनन्। उनले वकिल मार्फत मात्र यी साक्षीहरूसँग अन्तरक्रिया गर्न सक्छन्।
हालैका महिनाहरूमा ट्रम्पको यो दोस्रो अदालतमा उपस्थिति थियो। यसअघि अप्रिलमा उनी न्यूयोर्कको अदालतमा हाजिर भएका थिए ।
उनीमाथि पोर्न स्टारलाई मौन बस्नका लागि ठुलो रकम दिएको आरोप लागेको थियो । त्यसमा पनि ट्रम्पले अदालतमा आफूलाई निर्दोष घोषणा गरेका थिए । स्मरण रहोस्, ट्रम्प अमेरिकाको पहिलो पूर्व राष्ट्रपति हुन् जो एक आपराधिक मुद्दामा सङ्घीय न्यायाधीश समक्ष उपस्थित भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो एजेन्सी
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण