भूकम्पका कारण भत्किएका पशुपति क्षेत्रका ७१ सम्पदा पुनःनिर्माण
काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनःनिर्माण गरिएको छ । चालु आर्थिक वर्षमा तीन वटा सम्पदाको काम भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए ।
सोह्रवटा सम्पदा अझै पुनःनिर्माण हुन सकेको छैन । भूकम्पले क्षति भएका पशुपति क्षेत्रका जयवागेश्वरी, महास्नानघर, कुलानन्द झा सत्तल, गुह्येश्वरस्थित सेतो सत्तल, शङ्कराचार्य मठस्थित शङ्कराचार्य मन्दिर, लाल गणेश मन्दिर, श्राद्ध पाटी, चौतरीया शिवालय, पन्ध्र शिवालय, अमरकान्तेश्वर मन्दिर, सुरेशकान्तेश्वर मन्दिरलगायत सम्पदा पुनःनिर्माण गरिएको हो । भूकम्पले पशुपति क्षेत्रका ९० वटा सम्पदामा क्षति पुगेकाले पुनः निर्माण गर्नुपर्ने भएको उनले सुनाए ।
विश्वरुप मन्दिरलगायत सम्पदामा चालु आवका लागि छुट्याइएको बजेटको काम सकिएको छ । यो मन्दिर बहुवर्षीय ठेक्कामा निर्माण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण