समाजवादी मोर्चामा समावेश हुने नेकपा एकीकृत समाजवादीको निर्णय
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले चाँडै घोषणा हुन लागेको समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको सो पार्टीको सचिवालय बैठकले मोर्चामा सहभागी हुने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले मोर्चा आजै घोषणा हुने भनिए पनि दलहरूका आ–आफ्ना तयारी बाँकी नै रहेकाले अझै केही दिन लाग्न सक्ने ब्रिफिङ गरेका थिए ।
‘आज हाम्रो पार्टीको सचिवालय बैठकमा समाजवादी मोर्चाका विभिन्न पक्षबारे छलफल भयो, हामीले मोर्चाका लागि लामो समयदेखि तयारी गरेका थियौ’, प्रवक्ता खतिवडाले भने, ‘त्यसैले समाजवादी मोर्चामा सहभागी हुन निर्णय भयो ।’
नेकपा एकीकृत समाजवादीले आफ्नो तर्फबाट सबै तयारी भए पनि केही पार्टीहरूमा तयारी नपुगेकाले मोर्चा घोषणामा केही ढिलाइ हुन पुगेको बताए । ‘मोर्चामा सहभागी हुने सबै पार्टीको आन्तरिक तयारी र बैठक पुरा नभएकाले आज हुन नसक्ने तर अत्यन्तै चाँडै घोषणा गर्न सक्ने अवस्था छ’, खतिवडाले भने, ‘पार्टी नै एकीकरणका लागि यो मोर्चा बन्ने होइन ।’ उनले मोर्चाका संरचना जिल्ला र प्रदेशमा समेत बनाउन सकिने सैद्धान्तिक सहमति दलहरुबीच भएको बताए । ‘ लेफ्ट फ्रन्ट बनाउन सहयोगी हुनेछ’, खतिवडाको भनाइ छ ।
नेकपा एकीकृत समाजवादीसहित माओवादी केन्द्र, जसपा, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वामदेव नेतृत्वको नेकपा एकता अभियानलाई समेत मोर्चामा सहभागी गराउने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण