शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीको चन्द्रनगरमा बालिका सम्मेलन गर्न माग गर्दै प्रदर्शन

शनिबार, ०२ असार २०८०, २१ : ४२
शनिबार, ०२ असार २०८०

सर्लाही । सर्लाहीको चन्द्रनगरमा बालिका सम्मेलन गर्न माग गर्दै प्रदर्शन गरिएको छ । शनिबार बालबालिका, महिला अधिकारकर्मी तथा महिलालगायत अन्य व्यक्तिहरुको उपस्थितिमा सम्मेलन गर्न माग गर्दै प्रदर्शन गरिएको हो । 

यसअघि शनिवारका लागि तोकिएको बालिका सम्मेलन केही जनप्रतिनिधिहरुको विरोधका कारण स्थगित गरिएको थियो । शुक्रबार गाउँपालिका उपाध्यक्ष गितादेवी महतो, वडा नं. ७ का अध्यक्ष रामस्वरुप कुर्मी, वडा नं. ६ का अध्यक्ष दिपेन्द्र चौधरी, वडा नं. ५ का अध्यक्ष , वडा नं. ४ का अध्यक्ष राजिव सिंह , वडा नं. ३ का अध्यक्ष सिताराम महतो लगायतको टोलीले बालिका सम्मेलन स्थगित गर्न माग गरेका थिए ।

pradrasan2

प्रदर्शनकारीहरुले तत्काल बालिका सम्मेलन गर्न माग गरेका छन् । सन् २०३० सम्म बाल विवाहको अन्त्य र बालिकालाई सक्षम बनाउने उद्देश्यका साथ सम्मेलनको आयोजना गर्ने तयारी रहेको थियो । जनप्रनिधिहरुकै आग्रहमा गाउँपालिकाले  सम्मेलन रोकेपछि सो कदमको चौतर्फी आलोचना भैरहेको छ । सम्मेलन रोक्न माग गर्ने जनप्रतिनिधिहरुले भने यसबारेमा प्रतिक्रिया दिएका छैनन् ।

pradrasan3pradrasan4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप