फिजीका पूर्वप्रधानमन्त्रीलाई एक वर्षको जेल सजाय
शुक्रबार, २८ वैशाख २०८१, १५ : ३७
सुभा । फिजीका पूर्वप्रधानमन्त्री फ्र्याङ्क बाइनिमारामालाई एक वर्षको जेल सजाय तोकिएको छ । भ्रष्टाचार मामिलामा प्रहरी अनुसन्धानमा अवरोध गरेपछि उनले सो सजाय पाएका हुन् ।
उनी फिजीका हाई प्रोफाइल राजनीतिज्ञमध्ये एक हुन् । सन् २०२२ अघिसम्म १५ वर्ष उनी प्रधानमन्त्रीका रुपमा रहेका थिए । प्रशान्त क्षेत्रका देशहरुमा जलवायु परिवर्तनको असरबारे विश्व मञ्चमा लबी गर्ने उनी शीर्ष प्रतिनिधि पनि हुन् ।
बिहीबार अदालतले फैसला सुनाएपछि उनीलाई हतकडी लगाएर लगिएको थियो । विश्व विद्यालयमा भएको ठगी कान्डमा प्रहरी छानबिनमा खलल उत्पन्न गराएको भन्दै गएको महीना उनीमाथि अभियोग चलाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण