मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्दैन : नेता सिटौला

शुक्रबार, २८ वैशाख २०८१, १५ : १६
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । राष्ट्रियसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिने बताएका छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

नेता सिटौलाले पार्टीको शुक्रबार बसेको संसदीय दलको बैठकले समेत संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न नदिने निर्णय गरेको बताए । उनले संसदीय छानबिन समिति बनाउनु हुँदैन भन्ने अडानमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै बाधक बनिरहेको जिकिर गरे । उनले महान्यायाधिवक्ताले इतिहासमै नभएको सरकारका मन्त्रीलाई क्लिन चिट दिने काम गरेको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘संसदीय छानबिन समिति बनाऔँ, सत्तापक्ष तपाईँहरू नै हुनुहुन्छ भनेका छौँ । छानबिन समिति बनाउनु हुँदैन भन्नेमा सबैभन्दा पहिला त म गृहमन्त्री नै देख्दछु । किन बनाउनु नहुने । अर्को समस्या त महान्यायाधिवक्ता । आजसम्म इतिहासमा नभएको घटनामा जुडिसियरी पनि सामेल भएको देखियो । महान्यायाधिवक्ताले कसैलाई क्लिनचिट दिँदै हिँड्छ । पत्र । प्रहरीले क्यारेक्टरको सर्टिफिकेट दिएको जस्तो । कुनै अपराध गरेको छैन है भनेर दिए जस्तो । मिल्दैन नि किन गरेको यस्तो ? कसको प्रभावबाट हुन्छ । संसदीय छानबिन समिति नबसेसम्म दुवै सदनको बैठक अघि बढ्दैन । हामीले संसदीय दलको बैठकबाट पनि निर्णय गरिसकेका छौँ ।’

नेता सिटौलाले यति धेरै कुरा उठिसकेपछि संसदीय छानबिन समिति अनिवार्य बन्नुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप