सभामुखको छलफलमा जुटेन सहमति
काठमाडौँ । प्रतिनिधिसभा बैठक सुचारु गर्नका लागि सभामुख देवराज घिमिरेले दुई चरणमा गरेको छलफलमा सहमति विहीन भएको छ ।
शुक्रबार दिउँसो नयाँ बानेश्वरमा दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दा कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि शुक्रबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पछि धकेलिएको छ ।
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भने,‘सभामुखले दुई चरणमा प्रमुख सचेतक र सचेकहरुसँग छलफल गर्नुभएको छ । कांग्रेसले बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरूलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न दिन सहमति जनाएन ।’
सभामुखसँग छलफलमा कांग्रेस सहमत नभएपछि प्रमुख सचेतकहरू आआफ्ना शीर्ष नेताहरूसँग छलफलका लागि गएका छन् । शीर्ष नेतासँगको छलफलपछि पुनः सभामुखसँग छलफल गर्ने र त्यसपछि कार्यव्यवस्था बैठक राख्ने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण