आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच वर्षमा पहिलो पटक अमेरिकाका विदेशमन्त्री चीन भ्रमणमा

आइतबार, ०३ असार २०८०, १० : ५९
आइतबार, ०३ असार २०८०

अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्केन आइतबार चीन पुगेका छन् । पाँच वर्षमा अमेरिकाका कुनै विदेशमन्त्रीको यो पहिलो भ्रमण हो । 

उनी यस वर्ष फेब्रुअरी महिनामा चीनको यात्रा गर्ने योजनामा थिए तर चिनियाँ जासुसी बेलुनका कारण निम्तिएको तनावका कारण यो यात्रा स्थगित भएको थियो ।

उनले चीनका शीर्ष अधिकारीसँग बैठक गर्ने योजना छ । चीनका राष्ट्रपति शी जिनपिङसँग भने भेटघाट हुने नहुने भन्ने विषयमा कुनै जानकारी छैन ।

शुक्रवार शी जिनपिङले माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्ससँग भेटवार्ता गरेका थिए ।

यो यात्राको एजेन्डामा दुवै देशबीच सम्बन्ध सुधार्नु, व्यापारमा सहजीकरण र युक्रेन युद्धमा रुसलाई जाने चिनियाँ हतियारलाई रोक्ने समावेश हुनसक्छ ।

बुधवार ब्लिङ्कनसँग चीनका विदेशमन्त्री चिन ग्याङसँग फोन वार्ता भएको थियो । फोन वार्तामा चीनका विदेशमन्त्रीले उनीसँग भने, ‘पछिल्ला समयमा सम्बन्धमा जुन तिक्तता आएको छ, त्यसका लागि दोष कसलाई दिने भन्ने कुरा स्पष्ट छ ।’

चिन ग्याङले भने, ‘अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्नुपर्छ र प्रतिस्पर्धाको नाममा चीनको सम्प्रभुता, सुरक्षा र विकास हितलाई कमजोर गर्न रोक्नुपर्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप