जाडोको बेला ज्याकेट र जुत्ता पठाइदिएकोमा रेशमले दिए ओलीलाई धन्यवाद
सोमबार, ०४ असार २०८०, १० : ४३
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार बिहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता तथा छलफल भएको हो।
सो भेटमा दुवै नेताका बीचमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको बताइएको छ । जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाइ धन्यवादसमेत दिएका थिए । जाडोको बेला पठाइदिएको गिफ्टप्रति ओलीलाई भेटेरै समेत धन्यवाद दिएका चौधरीले ओलीले जेल जीवनका बारेमा स्मरण सुनाएका थिए ।
यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग पनि भेटघाट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण