बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो, अझै २८ जना बेपत्ता

सोमबार, ०४ असार २०८०, ११ : ०२
सोमबार, ०४ असार २०८०

विराटनगर । कोशी प्रदेशमा शनिवार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । अझै २८ जना बेपत्ता छन् भने ६ जना घाइतेको उद्धार भएको छ । 

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्क अनुसार खोलाले बगाएर भोजपुर र सङ्खुवासभामा १/१ जना पुरुषको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा ५ जना रहेका छन् । जसमा पाँचथरमा १ पुरुष र १ बालिका तथा ताप्लेजुङमा ३ जना पुरुष पहिरोमा पुरिएर मृत्यु भएको छ ।

यस्तै हालसम्म पहिरोले पुरेर बेपत्ता हुनेहरुमा पाँचथरमा ४, ताप्लेजुङमा ३ जना रहेका छन् भने खोलाले बगाएर बेपत्ता हुनेको सङ्ख्या २१ जना रहेको छ । जसमा सङ्खुवासभामा १८ पुरुष र ३ जना महिला बेपत्ता भएको सो मन्त्रालयले जनाएको छ ।

सो मन्त्रालयका अनुसार जम्मा १५ वटा पुल क्षतिग्रस्त भएका छन् भने १७ स्थानमा सडक अवरुद्ध बनेको छ । यस्तै ५ वटा हाइड्रोमा क्षति पुग्नुको साटै ५४ घर विस्थापित बनेको सो मन्त्रालयले जनाएको छ ।

 यस्तै ३ वटा सवारी साधन बाढीले बगाएको छ भने ३२ वटा भवन तथा घरहरू पूर्णरुपमा क्षतिग्रस्त बनेको प्रदेश सरकारले जनाएको छ । आंशिक रूपमा २२ घरमा क्षति पुगेको छ । यस्तै विभिन्न स्थानमा गरी हालसम्म बाढी र पहिरोमा परी ७४ वटा चौपाया तथा ८४ वटा पशुपंक्षीको मृत्यु भएको छ । हालसम्म पहाडी जिल्लाको ४० रोपनी जग्गा बाढीले बगाइदिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप