हुम्ला जिप दुर्घटना : जसले १२ यात्रुलाई बचाए, आफू भने बाँचेनन्
सोमबार, ०४ असार २०८०, ११ : १०
सुर्खेत । सोमबार बिहान हुम्लाको सिमिकोट हुँदै हिल्सा जान लागेको जिप कर्णाली नदीमा खस्यो । २२२६ प्रदेश ३ नम्बरको उक्त जिप च्याछहरा भीरमा उकालो चढ्दै गर्दा कर्णालीमा खसेको थियो ।
नदीमा खस्दा चालक जनकपुरका राजेश हेम्जोङ लामा गम्भीर घाइते भएका छन् । जिपमा चालकसहित १३ जना यात्रु थिए । उकालो चढ्दै गर्दा चालकले भने १२ जना यात्रुलाई झारेर उकालोमा गाडी लिने प्रयास गरेका थिए । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख डीएसपी भिमलाल भट्टराई भन्छन्, ‘गाडी कर्णालीमा खस्दा चालक गम्भीर घाइते भएका थिए तर, अहिले उनको मृत्यु भयो ।’
चालक जनकपुरका अन्दाजी २५ वर्षीय राजेश हेम्जोङ लामा हुन् । ‘चालक बचेको भए मैले सम्मान गर्ने भनेको थिएँ,’ डीएसपी भट्टराईले रातोपाटीसँग भने,‘ १२ जना यात्रुलाई बचाएर आफू बाँच्न सकेन, दुःख लाग्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण