तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने
काठमाडौँ । साझा पावार डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने भएको छ । कुमारी बैंक र साझा पावर डेभलपमेन्टबीच मंगलबार वित्तीय व्यवस्था (फाइनान्सियल क्लोजर) सम्पन्न भएको हो ।
साझा पावार डेभलपमेन्ट प्रालिको तर्फबाट कम्पनीका अध्यक्ष संजिव न्यौपाने र प्रबन्ध निर्देशक कुबेरमणि नेपाल र बैंकको तर्फबाट परियोजना वित्त पोषण प्रमुख भुषण तण्डुकारले फाइनान्सियल क्लोजरमा हस्ताक्षर गरेका थिए । सिन्धुपाल्चोकको बलेफी नदिमा निर्माण हुने २० मेगावाट क्षमताको बलेफी तल्लो खोला जलविद्युत आयोजनामा रिडी पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ । यो कम्पनीको निर्माण सुरु भएको मितिबाट २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको साझा पावार डेभलपमेन्ट प्रालिका प्रबन्ध निर्देशक कुबेरमणि नेपालले बताए ।
बलेफी तल्लो खोला जलविद्युत आयोजनामा ४ सय ४० करोड लगानीमा रहेको छ । जसमा ७५ प्रतिशत कुमारी बैंकले लगानी गर्नेछ । बाँकी २५ प्रतिशत रकम रिडी पावरले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण