बालेनको सिको गर्दै मन्त्री दुलालले राखे कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा
बिहीबार, ०७ असार २०८०, १७ : ५४
मकवानपुर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सिको गर्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले पनि कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । मन्त्री दुलालले बिहीबार आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् ।
गत माघ १० गते तत्कालीन गठबन्धनको सरकारमा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका दुलालले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ समेटिएको नक्सा राखेका हुन् ।
भारतले आफ्नो नवनिर्मित संसद् भवनमा नेपालको केही स्थानहरू समेटेर ‘अखण्ड भारत’को नक्सा राखेपछि त्यसको नेपालमा चौतर्फी आलोचना भइरहेको छ । भारतले संसदमा राखेको ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि कपिलवस्तु र लुम्बिनी राखेपछि काठमाडौँका मेयर बालेनले त्यसको विरोधमा पहिलो पटक ‘ग्रेटर नेपाल’को नक्सा आफ्नो कार्यकक्षमा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण