बालेनको सिको गर्दै मन्त्री दुलालले राखे कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा
बिहीबार, ०७ असार २०८०, १७ : ५४

मकवानपुर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सिको गर्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले पनि कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । मन्त्री दुलालले बिहीबार आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् ।
गत माघ १० गते तत्कालीन गठबन्धनको सरकारमा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका दुलालले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ समेटिएको नक्सा राखेका हुन् ।
भारतले आफ्नो नवनिर्मित संसद् भवनमा नेपालको केही स्थानहरू समेटेर ‘अखण्ड भारत’को नक्सा राखेपछि त्यसको नेपालमा चौतर्फी आलोचना भइरहेको छ । भारतले संसदमा राखेको ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि कपिलवस्तु र लुम्बिनी राखेपछि काठमाडौँका मेयर बालेनले त्यसको विरोधमा पहिलो पटक ‘ग्रेटर नेपाल’को नक्सा आफ्नो कार्यकक्षमा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलेखानी–कलङ्की–हुमाने सडक आजदेखि १९ दिन बन्द
-
महालक्ष्मीको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने
-
काठमाडौंमा आजदेखि ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना नेपालमा
-
कति पुग्यो डलरको मूल्य ? के छ विदेशी मुद्राको दरभाउ ?
-
साउदीमा कामविहीन भएका नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू