बालेन र हर्कको चर्चापछि फिल्म ‘मेयर साहेव’ निर्माण हुने
काठमाडौंँ । पछिल्लो समय देशमा काठमाडौँ महानगरका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङ चर्चामा छन् । यी दुबै मेयरको चर्चाबीच निर्देशक राजु गिरीले फिल्म ‘मेयर साहेब’ निर्माण गर्ने भएका छन् । आगामी भाद्र महिनाबाट फ्लोरमा जाने फिल्मका लागि अहिले कलाकार छनोटको भैरहेको छ । चाँडै फिल्मको कास्ट एण्ड क्रिउको जानकारी दिने तयारी निर्माण टिमको छ । राजनीतिक बिषयमाथि निर्माण हुने फिल्मको हाल प्रि–प्रोडक्सन र कथा लेखनको भैरहेको छ ।
बिनिता फिल्मस्को प्रस्तुतिमा निर्माण हुने फिल्ममा बिनिता गुरुङ र मौषमी महर्जनको लगानी रहनेछ । निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद र अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहने फिल्मको सह–निर्माता नारायण खाती हुन् । खाती प्रस्तुतकर्ता र निर्देशक राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ । फिल्म आगामी भाद्र १ गतेबाट नेपालभरका चलचित्र घरमा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहको निष्कर्ष : पार्टीमा एकताकाे सम्भावना ९९ प्रतिशत सकियाे
-
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण