उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको मौद्रिक नीतिबारे १५ बुँदे सुझाव
विराटनगर । उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले संघीय सरकारले ल्याएको बजेटले बजारमा सुधार नआउने बताएको छ । मंगलबार मौद्रिक नीतिबारे १५ बुँदै सुझाव प्रस्तुत गर्दै महासंघले बजेटमा गरेका व्यवस्थाले तत्काल बजारमा सुधार आउने अवस्था नदेखिएको उल्लेख गरेको हो ।
सरकारको आगामी आर्थिक वर्षको बजेटले लिएको जिडिपी ६ प्रतिशतको लक्ष्य पुरा गर्न र बजार चलायमान बनाउन खुकुलो मौद्रिक नीति ल्याउनु पर्ने महासंघको जोड छ ।
महासंघले एक करोड माथिको व्यक्तिगत कर्जा र मार्जिन प्रकृतिको कर्जामा १५० प्रतिशत जोखिम भर्ती सम्पत्ति गणना गर्नुपर्ने व्यवस्थालाई १ सय प्रतिशतमा झारिनु पर्ने, बढ्दो तरलता र घट्दो व्यापारका कारण पूँजीबजारको माग सम्बन्धी प्रत्यक्ष नीतिहरु पुनरावलोकन गरिनुपर्ने, घर निर्माणमा रहेको १ करोड ५० लाखको सीमालाई ३ देखि ४ करोडसम्म लैजानुपर्ने र रियलस्टेट लोनमा गणना गर्नु नपर्ने सीमालाई बढाउनु पर्ने साथै निर्माण क्षेत्रमा केही लचकता अपनाउनु पर्ने माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण