उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको मौद्रिक नीतिबारे १५ बुँदे सुझाव

विराटनगर । उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले संघीय सरकारले ल्याएको बजेटले बजारमा सुधार नआउने बताएको छ । मंगलबार मौद्रिक नीतिबारे १५ बुँदै सुझाव प्रस्तुत गर्दै महासंघले बजेटमा गरेका व्यवस्थाले तत्काल बजारमा सुधार आउने अवस्था नदेखिएको उल्लेख गरेको हो ।
सरकारको आगामी आर्थिक वर्षको बजेटले लिएको जिडिपी ६ प्रतिशतको लक्ष्य पुरा गर्न र बजार चलायमान बनाउन खुकुलो मौद्रिक नीति ल्याउनु पर्ने महासंघको जोड छ ।
महासंघले एक करोड माथिको व्यक्तिगत कर्जा र मार्जिन प्रकृतिको कर्जामा १५० प्रतिशत जोखिम भर्ती सम्पत्ति गणना गर्नुपर्ने व्यवस्थालाई १ सय प्रतिशतमा झारिनु पर्ने, बढ्दो तरलता र घट्दो व्यापारका कारण पूँजीबजारको माग सम्बन्धी प्रत्यक्ष नीतिहरु पुनरावलोकन गरिनुपर्ने, घर निर्माणमा रहेको १ करोड ५० लाखको सीमालाई ३ देखि ४ करोडसम्म लैजानुपर्ने र रियलस्टेट लोनमा गणना गर्नु नपर्ने सीमालाई बढाउनु पर्ने साथै निर्माण क्षेत्रमा केही लचकता अपनाउनु पर्ने माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
-
दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने