फेरि स्थगित भयो बागमती प्रदेशसभा बैठक
हेटौंडा । बागमती प्रदेशसभाको बैठक सूचना टाँस गरेर बुधबार दिउँसो १ः३० बजेसम्मका लागि स्थगित गरिएको छ । बजेट माथिको छलफलका लागि बुधबार विहान ११ बजेका लागि आह्वान गरिएको बैठकमा बस्न नसकेपछि सूचना टाँस गरेर स्थगित गरिएको हो । प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताका अनुसार ११ कजे आह्वान गरेको बैठक बस्न नसकेपछि दिउँसो १ः३० बजेका लागि आह्वान गरिएको हो ।
बजेट असन्तुलन भएको भन्दै नेकपा एमालेसहित विपक्षी दलहरुको लगातार अवरोधका कारण बैठक स्थगित गरिएको हो । प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट माथि छलफलका लागि मंगलबार आह्वान गरिएको बैठकमा विपक्षी दलहरुको अवरोधका कारण संचालन हुन सकेको छैन ।
सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट माथि छलफलका लागि मंगलबार अपराह्न ४ बजे बसेको प्रदेशसभाको बैठकमा विपक्षी दलहरुको अवरोधका कारण ६ बजेसम्मका लागि स्थगित गरिएको थियो भने ६ बजेका लागि आह्वन गरिएको बैठक संचालन हुने अवस्था नरहेपछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो ।
प्रदेशसभा बैठकको अरोध हटाउन सभामुख भुवनकुमार पाठकले पहल गर्दा समेत दलहरु बिच सहमती जुट्न नसकेका कारण बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । एमाले सहितका प्रतिपक्ष दलका सांसदहरुले सरकारले ल्याएको बजेट विभेदकारी भएको भन्दै सदनमा उठेर विरोध गरेको थिए । सरकारले आगामी आर्थिक वर्षका लागी ल्याएको बजेटमाथि छलपल गर्न बसेको प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपाले अवरुद्ध गरेपछि सदन स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण