शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

फेरि स्थगित भयो बागमती प्रदेशसभा बैठक

बुधबार, १३ असार २०८०, १३ : २२
बुधबार, १३ असार २०८०

हेटौंडा । बागमती प्रदेशसभाको बैठक सूचना टाँस गरेर बुधबार दिउँसो १ः३० बजेसम्मका लागि स्थगित गरिएको छ । बजेट माथिको छलफलका लागि बुधबार विहान ११ बजेका लागि आह्वान गरिएको बैठकमा बस्न नसकेपछि सूचना टाँस गरेर स्थगित गरिएको हो । प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताका अनुसार ११ कजे आह्वान गरेको बैठक बस्न नसकेपछि दिउँसो १ः३० बजेका लागि आह्वान गरिएको हो ।

बजेट असन्तुलन भएको भन्दै नेकपा एमालेसहित विपक्षी दलहरुको लगातार अवरोधका कारण बैठक स्थगित गरिएको हो । प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट माथि छलफलका लागि मंगलबार आह्वान गरिएको बैठकमा विपक्षी दलहरुको अवरोधका कारण संचालन हुन सकेको छैन ।

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट माथि छलफलका लागि मंगलबार अपराह्न ४ बजे बसेको प्रदेशसभाको बैठकमा विपक्षी दलहरुको अवरोधका कारण ६ बजेसम्मका लागि स्थगित गरिएको थियो भने ६ बजेका लागि आह्वन गरिएको बैठक संचालन हुने अवस्था नरहेपछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो ।

प्रदेशसभा बैठकको अरोध हटाउन सभामुख भुवनकुमार पाठकले पहल गर्दा समेत दलहरु बिच सहमती जुट्न नसकेका कारण बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । एमाले सहितका प्रतिपक्ष दलका सांसदहरुले सरकारले ल्याएको बजेट विभेदकारी भएको भन्दै सदनमा उठेर विरोध गरेको थिए । सरकारले आगामी आर्थिक वर्षका लागी ल्याएको बजेटमाथि छलपल गर्न बसेको प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपाले अवरुद्ध गरेपछि सदन स्थगित गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप