मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

असन्तुष्टिलाई कायम राख्दै बजेट पारित : अध्यक्ष यादव

बुधबार, १३ असार २०८०, १९ : ४२
बुधबार, १३ असार २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गरेको बताएका छन् ।  

बुधबार प्रतिनिधिसभाबाट बजेट पारित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले बजेटमा असन्तुष्टि कायमै रहेको बताए । उनले आफूहरूले राखेको कुरामा अर्थमन्त्रीले सुधार गर्ने भनेपछि बजेट पारित गरेको बताए ।  

उनले भने, ‘असन्तुष्टिलाई राख्दै बजेट पारित गरेका छौँ । सरकारले धेरै कुराहरु करेक्शन गर्ने अर्थमन्त्रीले, प्रधानमन्त्रीले बोलिसकेपछि त्यसलाई अनर गर्दै बजेट पास गरेको हो । भ्रष्टाचारलाई न्यूनीकरण गर्नुपर्छ एकातर्फ, अर्कोतर्फ भ्रष्टाचार हुने कारण के हो त्यसको पनि निरुपण खोज्नुपर्छ ।’

अध्यक्ष यादवले देशमा भ्रष्टाचारको न्यूनीकरण गर्नुका साथै भ्रष्टाचार हुने कारणको पनि निरुपण गर्नुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप