मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सचिव भट्टराईले भने–एमाले नेतृत्वमाथि हमला गरेर कोशीको समस्या हल हुँदैन

बिहीबार, १४ असार २०८०, १८ : २३
बिहीबार, १४ असार २०८०

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी र पार्टी नेतृत्वमाथि हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन् । 

बिहीबार सामाजिक सञ्जालमा लेख्दै सचिव भट्टराईले उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका आफूहरूलाई मान्य नहुने बताएका हुन् । 

सचिव भट्टराईमाथि बिहीबार इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए । 

७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौती विषयक अन्तरसंवादमा भाग लिन इलाम पुगेका भट्टराईलाई प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले इलाममा कालो झण्डाले स्वागत गरेको बताएका छन् । 

'हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन', आक्रमणको प्रयासपछि सचिव भट्टराईले लेखेका छन्,'एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन । एमाले वार्ता र संवादका लागि हरबखत तयार छ ।' 

एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी भएको उनले बताएका छन् । मदन भण्डारीको स्मरणमा गरिएको कार्यक्रम बिथोल्नु लज्जाको विषय भएको उनले उल्लेख गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप