सचिव भट्टराईले भने–एमाले नेतृत्वमाथि हमला गरेर कोशीको समस्या हल हुँदैन
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी र पार्टी नेतृत्वमाथि हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै सचिव भट्टराईले उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका आफूहरूलाई मान्य नहुने बताएका हुन् ।
सचिव भट्टराईमाथि बिहीबार इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए ।
७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौती विषयक अन्तरसंवादमा भाग लिन इलाम पुगेका भट्टराईलाई प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले इलाममा कालो झण्डाले स्वागत गरेको बताएका छन् ।
'हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन', आक्रमणको प्रयासपछि सचिव भट्टराईले लेखेका छन्,'एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन । एमाले वार्ता र संवादका लागि हरबखत तयार छ ।'
एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी भएको उनले बताएका छन् । मदन भण्डारीको स्मरणमा गरिएको कार्यक्रम बिथोल्नु लज्जाको विषय भएको उनले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण