कुटपिट गरी काका र बुबाको हत्या
काठमाडौँ । भक्तपुरमा एक जनाले आफ्नै काकाको हत्या गरेका छन् । ८१ वर्षीय कृष्ण बहादुर प्रजापतिको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-९ सूर्यमणि बस्ने ३५ वर्षीय नुछे प्रजापतिलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । नुछेले कुटपिट गर्दा गम्भीर घाइते भएका कृष्ण बहादुरको ट्रमा सेन्टर अस्पताल हुँदै पाटन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको थियो । कुटपिट पश्चात् फरार रहेका नुछेलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका(७ महेश्वरी खेलमैदानबाट पक्राउ गरेको उनलाई जनाएको छ ।
उता चितवनमा आफ्नै बुबा ७० वर्षीय दिलबहादुर परियारको हत्या गरेको अभियोगमा भरतपुर महानगरपालिका-२ आदर्शनगर शीतल मार्गमा बस्ने ४२ वर्षीय टेक बहादुर परियारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी विवाद हुँदा टेक बहादुरले कुटपिट गर्दा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिट पश्चात् फरार रहेका उनलाई वडा प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण