शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कुटपिट गरी काका र बुबाको हत्या

शुक्रबार, १५ असार २०८०, १६ : ५६
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । भक्तपुरमा एक जनाले आफ्नै काकाको हत्या गरेका छन् । ८१ वर्षीय कृष्ण बहादुर प्रजापतिको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-९ सूर्यमणि बस्ने ३५ वर्षीय नुछे प्रजापतिलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  नुछेले कुटपिट गर्दा गम्भीर घाइते भएका कृष्ण बहादुरको ट्रमा सेन्टर अस्पताल हुँदै पाटन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको थियो । कुटपिट पश्चात् फरार रहेका नुछेलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका(७ महेश्वरी खेलमैदानबाट पक्राउ गरेको उनलाई जनाएको छ ।

उता चितवनमा आफ्नै बुबा ७० वर्षीय दिलबहादुर परियारको हत्या गरेको अभियोगमा भरतपुर महानगरपालिका-२ आदर्शनगर शीतल मार्गमा बस्ने ४२ वर्षीय टेक बहादुर परियारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी विवाद हुँदा टेक बहादुरले कुटपिट गर्दा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिट पश्चात् फरार रहेका उनलाई वडा प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप