आयल निगमले चुक्ता गर्यो आईओसीको २४ अर्ब बक्यौता
काठमाडौं । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन (आईओसी) को बक्यौता रकम चुक्ता गरेको छ । रुस–युक्रेन युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थको मूल्य चुलिँदा निगमले आईओसीसँग उधारोमा तेल किन्ने गरेको थियो । भारतबाट महङ्गोमा तेल ल्याएर घाटामा बेचेपछि रकम तिर्ने पैसा समेत नहुँदा निगमले उधारोमा तेल ल्याउने गरेको हो । जुन, रकम यतिबेला पूर्णरुपमा चुक्ता भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए ।
‘आईओसीको २४ अर्ब रुपैयाँ तिर्न बाँकी थियो,’ ठाकुरले भने, ‘उक्त रकम चुक्ता भयो । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब समेत तिरियो ।’ अब निगमले नेपाल सरकारको ६ अर्ब ३० करोड रुपैयाँ तिर्न बाँकी छ ।
यस्तै, पेट्रोलियम पदार्थ बिक्रेताले राखेको धरौटी बापतको रकमबाट १ अर्ब ९५ करोड रुपैयाँ तिर्न बाँकी छ । यसबाहेक, मूल्य स्थिरीकरण कोषको साढे २१ अर्ब रुपैयाँ र कर्मचारी आवास कोषको सवा ३ अर्ब रुपैयाँ तिर्न बाँकी छ । निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको समयमा तेल किन्न पैसा अपुग भएपछि यी कोषहरुको रकम चलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण