बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
पेट्रोलियम पदार्थ

आयल निगमले चुक्ता गर्‍यो आईओसीको २४ अर्ब बक्यौता

आइतबार, १७ असार २०८०, १७ : ०८
आइतबार, १७ असार २०८०

काठमाडौं । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन (आईओसी) को बक्यौता रकम चुक्ता गरेको छ । रुस–युक्रेन युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थको मूल्य चुलिँदा निगमले आईओसीसँग उधारोमा तेल किन्ने गरेको थियो । भारतबाट महङ्गोमा तेल ल्याएर घाटामा बेचेपछि रकम तिर्ने पैसा समेत नहुँदा निगमले उधारोमा तेल ल्याउने गरेको हो । जुन, रकम यतिबेला पूर्णरुपमा चुक्ता भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए ।

‘आईओसीको २४ अर्ब रुपैयाँ तिर्न बाँकी थियो,’ ठाकुरले भने, ‘उक्त रकम चुक्ता भयो । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब समेत तिरियो ।’ अब निगमले नेपाल सरकारको ६ अर्ब ३० करोड रुपैयाँ तिर्न बाँकी छ ।

यस्तै, पेट्रोलियम पदार्थ बिक्रेताले राखेको धरौटी बापतको रकमबाट १ अर्ब ९५ करोड रुपैयाँ तिर्न बाँकी छ । यसबाहेक, मूल्य स्थिरीकरण कोषको साढे २१ अर्ब रुपैयाँ र कर्मचारी आवास कोषको सवा ३ अर्ब रुपैयाँ तिर्न बाँकी छ । निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको समयमा तेल किन्न पैसा अपुग भएपछि यी कोषहरुको रकम चलाएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप