शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मिस एन्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ छानिने

सोमबार, १८ असार २०८०, ०९ : ४२
सोमबार, १८ असार २०८०

काठमाडौंँ । सौन्दर्य प्रतियोगिता मार्फत युनेस्कोको ऐतिहासिक र महत्त्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धनका लागि प्रारम्भ भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस् २०२३’मा नेपालको प्रतिनिधित्व गर्ने प्रतियोगी चयन गर्ने उद्देश्यले ‘मिस एन्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ आयोजना हुने भएको छ ।

प्रतियोगिताको उपाधि विजेता मिस तथा मिसेस् दुवै जनाले ईप्लानेट सिंगापुरको आयोजनामा आगामी नोभेम्बर महिनामा थाइल्याण्डमा सञ्चालन हुने ‘हेरिटेज पेजेन्टस् २०२३’मा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । ‘मिस एन्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ को  नेपालमा आयोजना ग्रीन आर्टस् मिडिया प्रा.लिले गर्न लागेको हो । 

राजधानीमा आयोजित एक कार्यक्रमकाबीच ‘हेरिटेज पेजेन्टस्’का आयोजक संस्था ईप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले ग्रीन आर्टस् मिडियाकी अनिला श्रेष्ठलाई प्रतियोगिताको लागि आधिकारिकता प्रदान गर्दै आयोजनाका लागि आधिकारिक प्रमाण पत्र दिए । ईप्लानेटले फेसन कोरियोग्राफर समेत रहेकी अनिला श्रेष्ठलाई प्रतियोगिताका लागि नेपालका राष्ट्रिय निर्देशक समेत चयन गरेको छ ।

यसअघि आधिकारिक कार्यक्रमको आयोजना नगरी अडिसनबाट ‘हेरिटेज पेजेन्टस्’का लागि प्रतियोगी छनौट गरी लैजाने गरिएकोमा अबदेखि कार्यक्रम सहित प्रतियोगी चुन्न लागेको हो ।

सन् २०१६देखि नियमित नेपालको सहभागिता रहँदै आएको कार्यक्रममा गत वर्ष अर्थात २०२२ मा  ग्रीन आर्टस् मिडिया मार्फत परिन्दा परि श्रेष्ठले मिसेस् हेरिटेज नेपाल र परिसा रानाभाटले मिस हेरिटेज नेपालको रूपमा नेपालको तर्फबाट सहभागिता जनाएका थिए । जसमा परिन्दाले मिसेस् एलिगेन्स र परिसाले मिस मल्टिमिडियाको उपाधि नेपाल भित्र्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप