शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको विरोधमा ललितपुर जिल्ला अदालत अगाडि प्रदर्शन (तस्बिरहरु)

सोमबार, १८ असार २०८०, १३ : २९
सोमबार, १८ असार २०८०

काठमाडौँ । अदालतभित्र कर्मचारी कुटेको आरोपमा वकिललाई पक्राउ गरिएको विरोधमा उपत्यका बार एसोसियसन र ललितपुर बार एसोसियसनले विरोध प्रदर्शन गरेका छन् । सोमवार ललितपुर जिल्ला अदालत परिसरमा वकिलहरुले विरोध प्रदर्शन गरेका हुन् ।  जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा अधिवक्ता अमिर लामिछाने पक्राउ परेका थिए । बार एसोसियसनले उनको पक्राउको विरोधमा सोमबार देशभरका अड्डा अदालतमा बन्दीप्रत्यक्षीकरण बाहेकका निवेदनमा बहस पैरवी समेत गरेको छैन ।

okil-pradrasan (2)

बारले कुटपिट प्रकरणको सीसीटीभी फुटेज सार्वजनिक गर्न र लामिछानेले दिएको जाहेरी दर्ता गर्न माग गरेको छ ।  असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै विरोधस्वरुप देशभरका अदालतका कर्मचारीहरुले आइतबार ३ घण्टा काम रोकेका थिए । लामिछानेविरुद्ध नासु तामाङले १३ असार मै जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएकी थिइन् ।  यद्यपि, जिल्ला प्रशासनका कार्यालय ललितपुरले अधिवक्ता लामिछानेलाई आइतबार नै रिहा गर्ने निर्णय गरिसकेको छ ।

okil-pradrasan (3)okil-pradrasan (4)okil-pradrasan (5)okil-pradrasan (6)okil-pradrasan (7)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप