अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको विरोधमा ललितपुर जिल्ला अदालत अगाडि प्रदर्शन (तस्बिरहरु)
काठमाडौँ । अदालतभित्र कर्मचारी कुटेको आरोपमा वकिललाई पक्राउ गरिएको विरोधमा उपत्यका बार एसोसियसन र ललितपुर बार एसोसियसनले विरोध प्रदर्शन गरेका छन् । सोमवार ललितपुर जिल्ला अदालत परिसरमा वकिलहरुले विरोध प्रदर्शन गरेका हुन् । जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा अधिवक्ता अमिर लामिछाने पक्राउ परेका थिए । बार एसोसियसनले उनको पक्राउको विरोधमा सोमबार देशभरका अड्डा अदालतमा बन्दीप्रत्यक्षीकरण बाहेकका निवेदनमा बहस पैरवी समेत गरेको छैन ।
_K1fFOOY48n.jpg)
बारले कुटपिट प्रकरणको सीसीटीभी फुटेज सार्वजनिक गर्न र लामिछानेले दिएको जाहेरी दर्ता गर्न माग गरेको छ । असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै विरोधस्वरुप देशभरका अदालतका कर्मचारीहरुले आइतबार ३ घण्टा काम रोकेका थिए । लामिछानेविरुद्ध नासु तामाङले १३ असार मै जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएकी थिइन् । यद्यपि, जिल्ला प्रशासनका कार्यालय ललितपुरले अधिवक्ता लामिछानेलाई आइतबार नै रिहा गर्ने निर्णय गरिसकेको छ ।
_lPPl8uNgTy.jpg)
_YDPfeRKb4F.jpg)
_bDL9ab2LzC.jpg)
_tkVL3cmHFi.jpg)
_KqYYHfDhOG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
-
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति कि पुष्टि हुनुपर्छ कि सच्चाइनुपर्छ : बराल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण