आर्थिक मुद्दामा केन्द्रित हुन अध्यक्ष ओलीलाई परिसंघको आग्रह
काठमाडौँ । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् ।
मुलुकको वर्तमान आर्थिक अवस्था र सुधारको विषयमा छलफल गर्न अध्यक्ष ओलीलाई भेट्न गएका परिसंघका पदाधिकारीले आर्थिक मुद्दामा केन्द्रित हुन आग्रह गरेका छन् ।
उक्त छलफलमा नवनिर्वाचित अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्र सुधारका लागि सबै राजनीतिक दलहरुको मुख्य एजेण्डा आर्थिक मुद्दा बन्नुपर्ने बताए । अर्थतन्त्र सुधारका लागि आर्थिक विषयहरुलाई प्राथमिकतामा राखेर निकास दिनुपर्नेमा उनले जोड दिए ।
सोही अवसरमा अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउँदै लक्षित आर्थिक वृद्धि हासिल गर्न एवं निजी क्षेत्रको मनोबल बढाउन आगामी मौद्रिक नीति लचिलो हुनुपर्ने उल्लेख समेत गरे ।
जलविद्युत आयोजनाको पीपीए खुला गरिनुपर्ने, सार्वजनिक निजी साँझेदारीमा पूर्वाधार क्षेत्रको विकास गरिनुपर्ने, भूतप्रभावी कर नीति हुन नहुने, ठूला उद्योग तथा व्यवसायिक कृषिका लागि जग्गा हदबन्दी हुन नहुने लगायतको माग उनले अध्यक्ष ओली समक्ष राखेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिँदै अर्थतन्त्रका विषयमा आफूले कुरा राख्दै आएको बताए । प्रधानमन्त्री हुँदा वा नहुँदा आर्थिक क्षेत्रको सुधार, विकासका लागि आफूले बोल्दै आएको बताउँदै उनले अर्थतन्त्रको विषय आफ्नो प्राथमिकता समेत रहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण