शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘गुराँस’ प्रिमियरका लागि चेक रिपब्लिक उडिन् अभिनेत्री मेनुका प्रधान

मङ्गलबार, १९ असार २०८०, १२ : ५३
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । अभिनेत्री मेनुका प्रधान चेक रिपब्लिक उडेकी छन् । उनी त्यहाँ आयोजना हुने दि कार्लाेभी भारी  इन्टरनेसनल फिल्म फेस्टिभलमा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । यहाँ उनी अभिनीत फिल्म  ‘गुराँस’ जुलाई ५ अर्थात् बुधबार वर्ल्ड प्रिमियर हुँदै छ । 

मेनुकाको यो अन्तर्राष्ट्रिय फेस्टिभलमा सहभागिताको पहिलो अनुभव हो । उनले फेस्टिभलमा फिल्मको ‘युनिभर्सल’ नै हुने भएकाले त्यसको हिस्सा बन्ने कुरालाई लिएर उत्साहित भएको बताइन् ।

‘मेरो त यो इन्टरनेसनल फेस्टिभलमा पहिलो अनुभव हो । त्यसैले स्वाभाविक रूपमा खुसी लाग्ने नै भयो । अर्को कुरा चाहिँ म उत्सुक छु किनकि पढेको, सुनेको कुरा प्रत्यक्ष रूपमा अनुभव गर्दैछु,’ उनले भनिन् ।

फिल्म भित्र मेनुका गुराँसको आमाको भूमिकामा छिन् । उनले आमाको भूमिका भए पनि कथा रोचक भएकाले गर्न राजी भएको बताइन् । मेनुका जुलाई १५ मा नेपाल फर्किनेछिन् । नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रलाई सौरभ राईले निर्देशन गरेका हुन् । फेस्टिभलमा निर्देशक राई पनि सहभागी हुनेछन् । दि कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल युरोपको प्रतिष्ठित फेस्टिभल मानिन्छ । 

हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट वाचन गरिएको चलचित्रले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ । चलचित्रलाई राई स्वयंले लेखेका हुन् । उनले चलचित्रको कथा आफ्नै भोगाइमा केन्द्रित भएको बताएका छन् ।  

‘गुराँस’लाई लोआइक्यू प्रडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले निर्माण गरेका हुन् । फिल्ममा तुलसी खवासले ‘गुराँस’को रूपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् फिल्ममा खगेन्द्र लामिछानेको पनि अभिनय रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप