चालक अनुमति पत्रको राजस्व तिर्न विद्युतीय भुक्तानीको शुभारम्भ
काठमाडौँ । सरकारले सवारी चालक अनुमति पत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा प्रवाहको शुभारम्भ गरेको छ ।
बुधबार सिंहदरबारमा एक कार्यक्रमकाबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सेवा प्रवाहको औंपचारिक उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले सो सेवालाई एक महिना भित्रै देशव्यापी रूपमा लागूगर्ने प्रतिबद्धता व्यक्त गरे ।
कास्की यातायात व्यवस्था कार्यालयबाट आजै सुरु गरिएको सो सेवा एक महिनाभित्र देशव्यापी रूपमा लागू गर्ने मन्त्री ज्वालाले बताए । उनले यातायात व्यवस्था विभागमा सेवाग्राहीले भिड लाग्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले सो सेवा शुभारम्भ गरेको पनि स्पष्ट पारे ।
मन्त्री ज्वालाले सो सेवालाई एक महिना भित्र देशव्यापी रूपमा लागू गराउने गरी आजैबाट सरकार क्रियाशील हुने पनि बताए । उनले सो सेवालाई देशव्यापी बनाउने काममा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रालय र मातहतका निकायहरुलाई परिचालन गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण