हामीले प्रधानमन्त्रीको राजीनामा मागेका छैनौँ : रास्वपा सांसद झा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा नमागेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले आफूहरुले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)सँग लागेर प्रधानमन्त्री प्रचण्डको राजीनामा नमागेको बताए ।
सांसद झाले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति संसद्, लोकतन्त्र र निर्वाचन प्रक्रियालाई अवहेलना गर्नेगरी आएको भन्दै यसप्रति रास्वपाको प्रश्नहरु रहेको र सोही प्रश्नका लागि संसद् बैठकमा उठेको स्पष्ट पारेका थिए । उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफूहरुको आशंका रहेको भन्दै सोही विषयमा स्पष्ट हुन चाहेको उल्लेख गरे ।
सांसद झाले मिडियाले रास्वपालाई एमालेले गर्ने गतिविधिसँग जोडेर हेर्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले आफूहरुको फरक पहिचान र सिद्धान्त रहेको उल्लेख गर्दै फरक दलको परिचयसाथ आफूहरु संसदमा रहेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण