शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘मुटु खाने भो’मा दिवान्सी र दुर्गेशको अभिनय

बिहीबार, २१ असार २०८०, १२ : ००
बिहीबार, २१ असार २०८०

काठमाडौँ । पल प्रकरणमा विवादित भएको कारण केही समय अभिनयबाट हराएका गायक तथा मोडल दुर्गेश थापा फेरि अभिनयमा सक्रिय हुन थालेका छन् । उनका एकपछि अर्को गर्दै म्युजिक भिडियो आउने क्रम बढ्न थालेको छ ।

यस्तैमा जया छन्त्याल पुन र नवीन रानाको स्वर रहेको गीत ‘मुटु खाने भो’मा पनि दुर्गेशको अभिनय छ । भिडियोमा दुर्गेशलाई दिवान्सी रोका मगरले अभिनयमा साथ दिएकी छिन् । भिडियोले वैँशालु उमेरमा चोखो माया लगाउने एक प्रेमील जोडीको रोमाञ्चक प्रेमकथा पस्किएको छ । 

प्रल्हाद सुवेदीको शब्द रहेको गीतको सङ्गीत छ शिव कनौजे मगरले गरेका हुन् । एचबिएन किस्मतको एरेन्ज तथा मिक्सिङ रहेको गीतको भिडियो मौसम हिमालीले गरेका हुन् । भिडियोको राजेश घिमिरेको छायाङ्कन, मनोज कार्कीको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप