सरदार प्रितम सिंहको प्रष्टीकरण : म किङ मेकर होइन
काठमाडौँ । सरदार प्रितम सिंहले राजनीतिक रूपमा कुनै किङ मेकर नभई सामान्य मान्छे भएको प्रष्टीकरण दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि दिएको अभिव्यक्तिबारे प्रस्ट पार्दै सिंहले प्रचण्डसँग राजनीतिक नभई पारिवारिक सम्बन्ध मात्रै भएको बताए ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिंहले आफू राजनीतिक व्यक्ति नभएकाले अरू धेरै कुरा थाहा नभएको पनि बताए । प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर विवाद भएकोमा सिंहले आश्चर्य समेत प्रकट गरेका छन् । ‘प्रधानमन्त्री प्रचण्डसँग मेरो व्यक्तिगत सम्बन्ध मात्रै हो । जुन बेला मैले भेट्दा कुरा गरेको थिए । त्यो बेला हाम्रा गाडीहरू जलाइएका थिए । उहाँकी जेठी छोरी बिरामी भएपछि उपचार गर्न भारत गएकी थिइन्’ सिंहले भने, ‘उहाँ (प्रचण्ड) ले मलाई यस्तो दुःखको समयमा मेरो छोरीलाई सहयोग गर्नुभयो । त्यस हिसाबले मेरो पारिवारिक सम्बन्ध बाहेक अरू केही छैन । मैले अस्ति ५ वर्षपछि भेटे हुँला । त्यो बीचमा मैले भेटेको छैन ।’
सिंहले प्रचण्डका छोरा प्रकाश दाहाल आफ्नो नातिको साथी भएको पनि स्मरण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण