रीतु बनिन् ‘मिस ग्रेस नेपाल’
काठमाडौंँ । ‘मिस ग्रेस नेपाल’ र ‘मिस ग्रेस एसईई’ को ताज रीतु कार्की र चोनिफाई तामाङले जितेका छन् । रीतुले ‘मिस ग्रेस नेपाल’ र चोनिफाईले ‘मिस ग्रेस एसईई’ तर्फको शीर्ष उपाधि हात पारेका हुन् । रीतुले र्याम्पवाक र बेष्टफिगर उपाधि समेत हात पर्दा चोनिफाईले मिस बब्ली र मिस एथलेटिक उपाधि जितिन् । प्रतियोगतिामा मनिषा लामिछाने फष्ट रनरअप, मिस क्रियटिभ र मिस मल्टिमिडियाको उपाधि जित्दा स्वस्तिका सिग्देल सेकेन्ड रनरअफ, मिस पंच्युअल, मिस मोष्टपपुलर र भियुर च्वाइस उपाधि हात पारिन् ।
प्रतियोगितामा प्रशुना भुजेलले ब्राण्ड एम्बेसडरको अलवा मिस ट्यालेन्टर, मिस स्टाइल डिभा र अनुपा हमाल ठकुरीले फेसअफ ग्रेसको अलवा पोटोजेनिक र ग्ल्यामरलुक उपाधि पाए । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा समाजसेवी तथा ग्रेस ईभेन्टका महासचिव पवन कोइराला, फेसन प्रशिक्षक जेनी लगुन मेकअप आर्टिस टेकराज पाण्डे निर्णायक रहेका थिए ।
सुशान्त काजी श्रेष्ठको कोरियोग्राफी रहेको प्रतियोगिता दिवस राज भट्टराई र ऋतिका शाहले ब्यवस्थापन जिम्मेवारी निर्वाह गरेका थिए । प्रतियोगितामा ग्रेस इभेन्टका अध्यक्ष शिशिर तण्डन, बिन्द्र प्रजापति, धर्मराज पनेरु, सौरभ मल्ल ठकुरी, अनिस कार्की, सरला राई, प्रिती तामाङलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण