चेक रिपब्लिकमा ‘गुराँस’ प्रिमियर
काठमाडौँ । चेक रिपब्लिकमा चलिरहेको दि कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा फिल्म ‘गुराँस’ प्रिमियर भएको छ । प्रिमिएरमा दर्शकबाट फिल्मले तारिफ पाएको छ । फिल्म लिएर चेक पुगेका निर्देशक सौरभ राईले फिल्म हेर्ने दर्शक हाउसफुल रहेको र फिल्म हेर्न दर्शकले चलचित्र रुचाएको बताएका छन् ।
फिल्म चेकको समयअनुसार बुधबार ४ बजे स्क्रिनिङ भएको थियो । यही फिल्मको वल्र्ड प्रिमियरमा सहभागी हुन मेनुका प्रधान पनि चेक पुगेकी थिइन् । उनले अन्तर्राष्ट्रिय फेस्टिभलमा आफ्नो यो पहिलो अनुभव हुने बताउँदै फेस्टिभलमा धेरैभन्दा धेरै फिल्म हेर्ने योजना रहेको बताएकी थिइन् ।
हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट वाचन गरिएको फिल्मले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ । दुई पुस्ताका चरित्रमार्फत् छोरी र आमाबुबाको फरक फरक चिन्तालाई पनि उजागर गर्ने कोशिस फिल्ममा भएको छ ।
‘गुराँस’ लाई लोआइक्यू प्रडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले निर्माण गरेका हुन् । फिल्ममा तुलसी खवासले ‘गुराँस’ को रुपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् । फिल्ममा खगेन्द्र लामिछानेको पनि अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण