फिल्म ‘हात्तीछाप’को छायाङ्कन सुरु
काठमाडौँ । किरण नेपालीको निर्माण तथा सिमोस सुनुवारको निर्देशन रहने फिल्म ‘हात्तीछाप’को छायाङ्कन सुरु भएको छ ।
आइतबार बालकुमारमा रहेको एक ग्यारेजबाट फिल्मको छायाङ्कन सुरु भएको हो । छायाङ्कन अगाडि फिल्मका दयाहाङ राई र बेनिशाा हमालले फिल्मको क्लयाप पड्काएका थिए ।
सामाजिक कथावस्तुलाई कमेडी तरिकाले प्रस्तुत गरिने फिल्मको छायाङ्कन सेडुल एक महिना भएको निर्माता नेपालीले जानकारी दिए । उनका अनुसार, यो फिल्मको छायाङ्कन १५ दिन काठमाडौं र १५ दिन पोखरामा हुनेछ ।
फिल्ममा प्रदीप भारद्वाजको लेखन, सुशान्त प्रजापतिको छायाङ्कन छ ।
दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, विजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रवीन्द्र झा, रियर राई लगायतका कलाकारको अभिनय फिल्ममा रहनेछ ।
नायिका बेनिशा हमालले पहिलो पटक दयाहाङ राईसँग काम गर्न पाउँदा आफू अत्यन्तै उत्साहित रहेको बताइन् ।
नायक दयाहाङ राईले फिल्मको कन्सेप्ट आफूलाई निकै मन परेकाले काम गर्न लागेको बताए ।
यसअघि किरण नेपालीको निर्माणमै बनेको फिल्म ‘२ नम्बरी’मा दया, सौगात र उपासनाले काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण