संसद्मा प्रधानमन्त्रीको सम्बोधन हेरेर एमालेले अर्को निर्णय लिने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद् सुचारु गर्न सहमत भएको छ । आइतबार प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संसद्को गतिरोध खोल्ने विषयमा छलफल भएको थियो ।
सो छलफलका क्रममा आफ्नो विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीलाई संसद्मा सम्बोधन गर्न दिन एमाले सहमत भएको हो । तर एमालेले सशर्त संसद् सुचारु गर्न सहमति जनाएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताएका छन् । संसद्मा प्रधानमन्त्रीको भनाई कस्तो आउँछ त्यसलाई हेरेर मात्र अर्को बैठकमा एमालेको भूमिका तय गर्ने रातोपाटीलाई जानकारी दिए ।
आज अपराह्न ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सुरुमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट प्रमुख सचेतक पदम गिरीले बोल्नेछन् भने त्यसपछि प्रधानमन्त्री प्रचण्डले आफ्नो स्पष्टीकरण राख्ने सहमति भएको छ ।
गत असार १८ गते प्रितम सिंहको एक पुस्तक विमोचनका क्रममा प्रधानमन्त्री प्रचण्डले सिंह आफूलाई प्रधानमन्त्री बनाउनका लागि पटक पटक दिल्ली गएको भनेपछि सो अभिव्यक्तिलाई लिएर एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोका कारण स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध
-
देशका विभिन्न स्थानमा ५ वर्षीया बालिकासहित चार जना मृत फेला
-
रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित रविले दिए घण्टी उपहार
-
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
-
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी : पाँच जना पक्राउ
-
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले लिए शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण