आज बस्न सक्ला प्रतिनिधि सभाको बैठक ?
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार बैठक दिउँसो ३ बजे बस्नेछ ।
एक कार्यक्रममा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेलगायत राप्रपा र रास्वपाले गत बुधबारदेखि संसद् अवरोध गर्दै आइरहेको छ । आइतबार संसद्को अवरोध खुलाउनेबारे तीन दलबीच छलफल भएको थियो । सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसद्मा प्रष्टीकरण दिने सहमति बनेको थियो ।
तर सहमति एक घण्टा पनि टिक्न सकेन । आइतबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग गरेका थिए । तीन नेताबीचको सहमतिअनुसार आइतबार १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले ३ बजेलाई सारेका थिए । पछि सो बैठक पनि आजलाई सारिएको थियो ।
यसिंहदरबारमा करिब २ घण्टा भएको तीन शीर्ष नेताहरूको भेटवार्ता र छलफलको सहमतिबाट आधा घण्टा नबित्दै एमाले अध्यक्ष केपी शर्मा ओली ‘यूटर्न’ भएको माओवादी केन्द्रका नेताहरूको भनाइ छ । ‘सिंहदरबारमा सहमति गरेर निस्केको आधा घण्टापछि ओलीले फोन गरेर ‘भएन’ है भन्नुभयो । भएन भनेपछि उहाँले संसद् अवरोध गर्ने नै देखियो, त्यसैले आइतबारको बैठक स्थगित भएको हो’, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले रातोपाटीसँग भने । तर एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्डकै आग्रहमा आइतबारको बैठक सोमबारलाई सारेको दाबी गरे । ‘हामी त सहमतिअनुसार अघि बढ्न तयार थियौँ तर प्रधानमन्त्रीले नै सोमबारसम्म बैठक स्थगित गर्नु भनेर सभामुखलाई भन्नुभएछ’, प्रमुख सचेतक गिरीले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण