कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याउन पुष्पलालको अतुलनीय योगदान छ : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याउन स्व.पुष्पलाल श्रेष्ठको अतुलनीय योगदान रहेको बताएका छन् । सोमबार पुष्पलाल राष्ट्रिय पुरस्कार वितरण समारोह कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले श्रेष्ठले कम्युनिस्ट आन्दोलनलाई राजनीतिक, वैचारिक र सांगठनिक रुपमा योगदान दिएको बताए ।
‘युगान्तकारी राजनीतिक परिवर्तन सहितको संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याई पुर्याउन पुष्पलालले गरेको योगदान अनुकरणीय छ । उहाँले कम्युनिस्ट आन्दोलनको विकासमा सिद्धान्त, विचार, नीति देखाउनुभएको मार्गको ठुलो महत्व र अर्थ छ’ प्रचण्डले भने, ‘उहाँ (पुष्पलाल) को योगदान र संघर्ष सबैका सामू छर्लङ्ग छन् । नेपालको कम्युनिस्ट आन्दोलन मात्रै नभएर सिंगो कम्युनिस्ट आन्दोलन अघि बढाउन उहाँको निक्कै ठुलो योगदान छ ।’
पुष्पलालले वैज्ञानिक विचारसहित कम्युनिस्ट आन्दोलनको नेतृत्व र जनवादी क्रान्तिको विकासका निम्ति प्रेरणदायी काम गरेको प्रचण्डले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी सरकारको मन्त्रिपरिषद् बैठक : दुई प्रस्ताव समितिमा पठाउने निर्णय
-
नीतिगत थ्रेसहोल्डको हुर्मतः ठुला योजना छायामा, एकलाखेको बिगबिगी
-
मन्त्रालयको वेबसाइटमै एकीकृत ड्यासबोर्ड सार्वजनिक
-
नेपाल र कम्बोडियाबिच अनलाइन ठगी नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
-
ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण