लुम्बिनी विकास बैंकको वार्षिकोत्सवमा १२ जना कर्मचारी सम्मानित
काठमाडौँ । लुम्बिनी विकास बैंकले आफ्नो १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, टोखा नगरपालिका वडा नं। ७ वसुन्धरा, धापासीमा अवस्थित ‘पवित्र समाज सेवा नेपाल’मा आश्रित कलेज तथा विद्यालयमा अध्ययनरत असहाय बालबालिकाहरूलाई विद्यालय पोसाक वितरण गरेको छ ।
साथै, बैंकले २० वर्ष भन्दा बढी विभिन्न तह र जिम्मेवारीमा रही सेवा प्रदान गरेका १२ जना कर्मचारीहरूलाई सम्मान गरेको छ । सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु र व्यवस्थापनको उपस्थितिमा बैंकका अध्यक्ष चिन्तामणि भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले संयुक्त रूपमा कर्मचारीहरूलाई दीर्घसेवा पदक र मायाको चिनो प्रदान गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले उपस्थित सम्पूर्णमा शुभकामना सहित स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष चिन्तामणि भट्टराईले सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरूलाई शुभकामना तथा बधाई दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण