सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

राती ब्रा लगाएर सुत्नुका यस्ता छन् बेफाइदा

बुधबार, २७ असार २०८०, १० : १९
बुधबार, २७ असार २०८०

ब्रा लगाउँदा शरीरको बनावट मिल्छ र स्तन झोलिएको जस्तो पनि देखिँदैन । तर राती ब्रा लगाएर सुत्दा तपाईंले स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्या झेल्नुपर्ने हुनसक्छ । यसबारे जानकारी लिऔँ ।

सङ्क्रमणको जोखिम

दिनभरि ब्रा लगाउँदा स्तन वरिपरि धेरै पसिना आउँछ । पसिनाले नै ब्याक्टेरिया हुर्कन मद्दत गर्छ जुन फंगल सङ्क्रमणको कारण बन्न सक्छ ।

चिलाउन सक्छ

सधैँ भरी ब्रा लगाउँदा पसिनाका कारण तपाईंको स्तन चिलाउन सक्छ, डाबर पनि आउन सक्छ । यस्तोमा राती ब्रा लगाएर सुत्दा हावाको प्रभाव राम्रो हुन्छ र तपाईंले आनन्द महसुस गर्नुहुन्छ ।

दुख्न सक्छ

राती ब्रा लगाएर सुत्दा तपाईंको स्तनमा दबाब पर्छ जसका कारण निप्पल्समा समस्या हुनसक्छ । ब्रा फुकालेर सुत्दा तपाईं सहज भएर सुत्न सक्नुहुन्छ ।

बिग्रन्छ रक्तसञ्चार

तपाईं राती ब्रा लगाएर सुत्दा स्तन वरिपरि राम्रोसँग रक्तसञ्चार हुन पाउँदैन । रक्त सञ्चारमा बाधा आउँदा विभिन्न समस्याको सामना गर्नुपर्ने हुनसक्छ ।

निद्रामा असर

टाइट ब्रा लगाउँदा तपाईं राम्रोसँग निदाउन सक्नु हुन्नँ । त्यसैले सुत्ने बेला सधैँ ब्रा फुकालेर सुत्नुहोला । निद्रा पुरा नहुँदा तनाव र डार्क सर्कलको समस्या झेल्नुपर्ने हुनसक्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप