नेपालको स्वास्थ्य क्षेत्रको विकासमा बेलायत बलियो साझेदार : मन्त्री बस्नेत
_3HBIrf1uUM.jpg)
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा बेलायत सरकार बलियो साझेदार भएको बताएका छन् । बेलायती राजदूतावासका कार्यबाहक राजदूत पिप्पा बर्डसँग आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्दै आएको बताउँदै स्वास्थ्य प्रणाली सुधारका लागि आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे ।
उनले २२ वर्ष पहिले आफू स्वास्थ्य राज्यमन्त्री भएको बेला बेलायत भ्रमण गरेको स्मरण गर्दै बेलायतबाट नेपालले धेरै कुरा सिक्न चाहेको बताए । स्वास्थ्य क्षेत्रमा गरिएको निरन्तर सहयोगका लागि मन्त्री बस्नेतले बेलायत सरकारलाई धन्यवादसमेत दिए । नेपालका लागि बेलायती राजदूतावासका कार्यबाहक राजदूत बर्डले नेपाल र बेलायतबीच पुरानो दौत्यसम्बन्ध भएको भन्दै नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरण गर्दै स्वास्थ्यकर्मीको क्षमता अभिवृद्विमा सहयोग गर्न बेलायत सरकार प्रतिबद्ध रहेको बताए ।
भेटका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव ड.रोशन पोखरेलले नेपालको स्वास्थ्य क्षेत्र सुधारमा बेलायत सरकारको सहयोग उल्लेखनीय रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआईएमबी बैंकको सहायक म्यानेजरलाई प्रसाईं समर्थकद्वारा दुर्व्यवहार, देवी सङ्ग्रौला पक्राउ
-
सुदूरपश्चिमका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेटवार्ता
-
इमाडोलमा सिटिजन्स बैंकको १९० औँ शाखा
-
राजश्वको वर्तमान स्थितिबाट अर्थमन्त्री डा. महत चिन्तित
-
टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन ‘हेर्न नभ्याइने’
-
फेरि विवादमा तानिए प्रकाश सपुत