शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

थाइल्यान्डमा तीन नेपाली बालबालिकालाई उपाधि

बिहीबार, २८ असार २०८०, १८ : १५
बिहीबार, २८ असार २०८०

काठमाडौँ । थाइल्यान्डमा आयोजना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘टिन स्टार इन्टरनेसनल २०२३’ मा नेपाली बालक आर्नभ श्रेष्ठले शीर्ष उपाधि जित्न सफल भएका छन् । 

विभिन्न उमेर समूहको कारण ग्रुप ए, बी र सी वर्गीकरण गरिएको प्रतियोगितामा आर्नभले गूप बी अन्तर्गत ‘टिन स्टार इन्टरनेसनल २०२३’को शीर्ष उपाधि हात परेका हुन् । प्रतियोगितामा श्रेष्ठले मिष्टर पर्सनाली उपाधि जितेका थिए ।

प्रतियोगितामा ग्रुप बी अन्तर्गतनै निभिका दुवालले थर्ड रनर अप र मिस पर्सनालिटी उपाधि हात परेकी छन् ।

त्यस्तै ग्रुप ए अन्तर्गत सायरा भट्टले फष्टरनर अफ र मिस ट्यालेन्ट उपाधि जितेकी छन् ।

जुलाई ३ तारिखदेखि ११ तारिखसम्म थाइल्याण्डको बैंकक स्थित सिएससी हलमा आयोजित प्रतियोगितामा नेपालसहित भारत, युके, टर्की, श्रीलंका लगायत ३४ देशको सहभागिता रहेको थियो ।

बैंकक र पटाया गरेर आयोजना भएको कार्यक्रममा  नेशनल कस्टुम, ट्यालेन्ट शो, सुमिङ वेयर, फोटो सुट लगायत विभिन्न चरणमा आयोजना भएको थियो । कार्यक्रममा नेपाली बालबालिकालाई इभेन्ट वेटर ग्यालेक्सीले पठाएको हो ।

नेपालको तर्फबाट सहभागी तीनै बालबालिकालाई गु्रमिङ गर्ने काम कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए भने सिआइएफटीको ड्रेस र ग्लोसी गल्र्सले मेकअफ जिम्बेवारी सम्हालेका थिए ।

आर्नभ काठमाडौँ प्रयागकुञ्ज स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् ।  भविष्यमा व्यवसायी बन्ने लक्ष्य राख्ने आर्नभ ईभन्ट वेटर ग्यालेक्सीले आयोजना गरेको ‘नेसकल किड्स अफ द इयर २०२२’ का विजेता हुन् ।

त्यस्तै ११ वर्षीय सायरा पाठशाला नेपालमा कक्षा ६ मा अध्ययनरत छन् । भविष्यमा न्युरो सर्जन बन्ने लक्ष्य राख्ने सायरा पनि नेसनल किड्स अफ द इयर २०२२ का विजेता हुन् । 

त्यस्तै १३ बर्सिया निभिका दुवाल लिटल वल्र्ड इङ्लिस स्कुलमा कक्षा ८ की विद्यार्थी हुन् । भविष्यमा एनिमेटर बन्ने सोच भएकी निभिका नेसनल किड्स अफ द इयर २०२२ की फस्ट रनर अप हुन् ।

नेपालका लागि सो प्रतियोगिताको नेसनल डाइरेक्टर धिरज तण्डुकार र आधिकारिक संस्था इभेन्ट वेटर ग्यालेक्सी इन्टरटेन्मेन्ट रहेको छ । प्रतियोगीलाई इभेन्ट वेटर ग्ल्यालेक्सीका सिइयो धिरज तण्डुकार आफैले लिएर थाइल्यान्ड गएका थिए । 

कार्यक्रममा नेपालको तर्फबाट सहभागीले नेपाली कला संस्कृति र कल्चरल ड्रेसमा समेत प्रस्तुत दिएको इभेन्ट वेटर ग्ल्यालेक्सीका सिइयो धिरज तण्डुकारले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप