मनकामना मन्दिरमा ‘हामी तीन भाई’ को मुहूर्त
काठमाडौंँ । मधुसुदन भट्टराईको निर्देशन रहने फिल्म ‘हामी तीन भाई’ को शुभमुर्हूत गरिएको छ । साउन १० गतेबाट छायांकनमा जाने फिल्मको गोर्खाको मनकामना मन्दिरमा पुगेर मुर्हूत गरिएको हो । विनोद न्यौपाने, कुशल विष्ट र जाहान्वी बस्नेतको मुख्य भूमिका रहने फिल्मको कथा निर्देशक भट्टराई र पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । यसअघि स्वर्गीय निर्देशक शिव रेग्मीले ‘हामी तीन भाई’ नामबाट फिल्म बनाएका थिए ।
प्रसिद्ध सिने आर्टस्को ब्यानरमा निर्माण हुने फिल्ममा विनोद, कुशल र जाहान्वीका अलवा राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा हर्के हवल्दार, दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवनकुमार काफ्ले, नयन कला फुयाँल र पवन केसीको पनि अभिनय रहनेछ । साजित महत प्रस्तुतकर्ता रहेको फिल्मको कार्यकारी निर्माता विक्रम तामाङ हुन् । त्रिरत्न श्रेष्ठ निर्माता रहेको फिल्मको सह–निर्मातामा प्रतिमा थापा पोखरेल, भक्तलाल श्रेष्ठ विशेष सहयोगीमा शम्भुकुमार केसी र मनोज श्रेष्ठ रहेका छन् । शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, एसबी सापकोटाको संगीत फिल्ममा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण