शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
बजार

यो साता प्रतितोला १९ सयले बढ्यो सुनको मूल्य

शनिबार, ३० असार २०८०, ११ : १७
शनिबार, ३० असार २०८०

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा प्रतितोला १ हजार ९०० रुपैयाँले बढेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रवार बढेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य बढेर १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ ।

यो साताको आइतवारदेखि नै सुनको मूल्य बढ्न थालेको थियो । आइतबार तोलामा ७०० रुपैयाँले बढेको थियो । यस्तै, सोमबार र मंगलबार स्थिर कायम भएको सुनको मूल्य बुधबार ३०० ले बढेको थियो भने बिहीवार ८०० रुपैयाँले बढेको थियो । यस्तै, शुक्रबार प्रतितोला १०० रुपैयाँको वृद्धि आएको थियो । यसैगरी, यो साता चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ बढेको छ । गत साताको शुक्रवार प्रतितोला १३ सय ७५ रुपैयाँ रहेको चाँदी यो साताको शुक्रवार १४ सय ८० रुपैयाँ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप