यो साता प्रतितोला १९ सयले बढ्यो सुनको मूल्य
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा प्रतितोला १ हजार ९०० रुपैयाँले बढेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रवार बढेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य बढेर १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ ।
यो साताको आइतवारदेखि नै सुनको मूल्य बढ्न थालेको थियो । आइतबार तोलामा ७०० रुपैयाँले बढेको थियो । यस्तै, सोमबार र मंगलबार स्थिर कायम भएको सुनको मूल्य बुधबार ३०० ले बढेको थियो भने बिहीवार ८०० रुपैयाँले बढेको थियो । यस्तै, शुक्रबार प्रतितोला १०० रुपैयाँको वृद्धि आएको थियो । यसैगरी, यो साता चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ बढेको छ । गत साताको शुक्रवार प्रतितोला १३ सय ७५ रुपैयाँ रहेको चाँदी यो साताको शुक्रवार १४ सय ८० रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण