‘एफएलएफ अवार्ड २०८०’ वितरण
काठमाडौँ । भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०८०’ बाँडिएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस्ले राष्ट्रिय नाचघरमा एक कार्यक्रमसहित बाँडेको अवार्डमा अभिनेत्री लक्ष्मी योङहाङ, अभिनेता टिकाराम लिम्बु, गायिका मेचु धिमाल, गायक सुसन साम्सोहाङ, संगीतकार मान तबेबुङ र निर्देशक टिकाराम लिम्बु माखिमले अवार्ड प्राप्त गरे ।
त्यस्तै पालाम भिडियोबाट मोडल पुष्पाञ्जली लिम्बु, विमला खजुम, रुद्र पाहिम, शेलेन्द्र नाल्बो, गायक शम्भु फोम्बो, जिवन केदेम, डि आर हाङसरुम्बा, गायिका रुक्साना लिम्बु, निरन्त नेम्बाङ, शब्द तथा लय संकलनमा शैलेन्द्र नाल्बो र विपन तावाले अवार्ड पाए ।
पालाम विधाबाट हाङ चेम्जङ र म्युजिक भिडियोबाट सागर केरुङले उत्कृट निर्देशनको अवार्ड जिते । छायांकन सम्पादनको अवार्ड बि बि लिम्बुले प्राप्त गरे भने सर्वोत्कृष्ट फिल्म र भिडियोमा क्रमशः ‘रित’ र ‘इच्छिङमा’ले अवार्ड प्राप्त गरे । यस वर्षको एफएलएफ अवार्ड लाइफ टाइम अचिभमेन्ट गीतकार तथा संगीतकार रिता फोम्बो ठूलीलाई दिइएको थियो । त्यस्तै कला निर्देशक र कलाकार विश्व मुखिया र कलाकार इन्द्र शेर्पालाई सम्मान गरिएको थियो ।
अवार्डमा फिल्म निर्देशक उदय सुब्बा, लिम्बु भाषाविद याशेली योङहाङ र गायक तथा संगितकार कुल्बा सुब्बा जुरी थिए । आशा नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा उप–सभामुख इन्दिरा राना मगर, प्रतिनिधिसभा सदस्य गणेश पराजुली, निर्देशक तुलसी घिमिरे, लक्ष्मीनाथ शर्मा, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कलाकार सुनिल थापा, प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ, पूर्व मेजर जनरल होमकुमार लावती र सञ्चारकर्मी दिनेश डिसीलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण