सुशीला थिङको प्रश्न : कार्यसम्पादन र पदाधिकारी बैठक लाइभ हुन्छ कि हुन्न ?
बुधबार, ०३ साउन २०८०, १७ : ५२
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुशीला थिङले पार्टीका महत्वपूर्ण निर्णय केन्द्रीय समितिभन्दा बाहिरबाट हुने गरेको बताएकी छन् ।
केन्द्रीय कार्यसम्पादन र अझै महत्वपूर्ण विषय छन् भने पदाधिकारी बैठकबाट निर्णय हुने गरेको उनले बताइन्।
बुधबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले भनिन्-‘म केन्द्रीय सदस्य हुँ। मलाई सि क्लासको केन्द्रीय सदस्य हुँ कि जस्तो लाग्छ। किनकी महत्वपूर्ण निर्णय कार्यसम्पादन र पदाधिकारी बैठकबाट गरिन्छ।’
केन्द्रीय समितिबाट निर्णय नभएकोमा थिङले प्रश्न उठाएकी हुन् । उनले पार्टी सभापतिलाई गाली गर्दैमा कांग्रेसको संगठन बलियो नहुने पनि बताइन्।
संसदीय दलको नेता फेर्ने हल्ला भइरहेको भन्दै त्यो अलोकतान्त्रिक हुने बताइन्। उनले कार्यसम्पादन र पदाधिकारी बैठक पनि लाइभ हुन्छ कि हुन्न भन्ने प्रश्नसमेत उठाएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण