शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मिष्टर नेपाल जित्ने दौडमा राजीव

बिहीबार, ०४ साउन २०८०, ०७ : ५६
बिहीबार, ०४ साउन २०८०

काठमाडौंँ । पछिल्लो समय युवापुस्तामा सौन्दर्य प्रतियोगीताप्रतिको आकर्षण बढ्दो छ । यस्ता प्रतियोगीतामा आफुलाई निखार्न पनि पाइने र बिभिन्न अवसर समेत हात लाग्ने भएकोले उनीहरुको यस प्रति आकर्षण बढेको छ । 

यस्ता प्रतियोगीताबाट उपाधि हात परेपनि नपरेपनि यहाँबाट हासिल गरेको ज्ञान जीवन उपयोगितामा महत्वपूर्ण हुनुको अलवा समाजमा आफ्नो अलग ब्यक्तित्व निर्माणमा सघाउन पुग्ने विश्वास धेरैको छ । 

यस्तै विश्वासका साथ सौन्दर्य प्रतियोगीता ‘मिष्टर नेपाल २०२३’ मा होमिएका व्यक्ति हुन् गोर्खाका २५ वर्षीय राजीव तिवारी । बोडिङ स्कुलमा शिक्षकको रुपमा समेत कार्यरत तिवारी सफ्टवेर इन्जिनियरिङका बिद्यार्थी पनि हुन् । मिष्टर नेपाल जितेर राष्ट्रिय चर्चासँगै अन्तराष्ट्रिय क्षेत्रमा पनि नेपालको प्रतिनिधित्व गर्दै देश चिनाउन सोच उनमा छ ।

‘म ‘मिष्टर नेपाल’ जितेर ‘मिष्टर वल्र्ड’मा पुगेभने नेपालको बातावरण र हाइड्रोपावरमा रहेको क्षमताको प्रचार गर्छु’, तिवारीले भने ‘कल्चर र हेरिटेजका कुरा त छदैछ ।’

आफूलाई मिष्टर नेपाल उपाधिका दावेदार मान्ने उनी उपाधिका लागि अहिले दिनरात मिहिनेत गरिरहेका छन् । ‘प्रतियोगीतामा एकसेएक प्रतियोगी त छन् । प्रतिप्रर्धा कठिन त छ । तर आफ्नो मिहिनेत र विश्वास प्रति मलाई भरोसाा छ । म नै जित्छु,’ उनले थपे ।

सानैदेखि कलाकारितामा रुची भएका तिवारीको सफल अभिनेता बनेर चिनिने सपना पनि छ । त्यो सपना पुरा गर्ने पहिलो खुड्किलोको रुपमा उनले मिष्टर नेपाल प्रतियोगीता लिएका छन् । सामाजिक कार्यमा पनि लगाव भएका उनी एक अनाथलाई सक्षम बनाउने दायत्व लिन चाँहन्छन् । प्रत्येक सक्षम मानिसले कम्तिमा पनि एक यस्ता ब्यक्तिको दाइत्व उठाउने हो भने समाजमा अनाथ र सहाय भन्ने नरहने उनी बिचार राख्छन् ।

‘मिष्टर नेपाल २०२३’ को ग्रान्ड फिनाले आगामी शनिबार  होटल याक एण्ड यतिमा आयोजना हुँदैछ । जसमा तिवारी सहित २० युवा शिर्ष उपाधिका लागि भिड्दै छन् । यो प्रतिस्पर्धाका शिर्ष विजेताले नगद ५ लाख बराबराको उपाहार र ‘मिष्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले बिगतदेखिनै नियमित आयोजना हुँदै आएको प्रतियोगीतामा नियमित प्रशिक्षणमा आफुलाई सहभागी गराउदै आएकोले पनि मिष्टर नेपाल उपाधि आफैले जित्ने दाबी तिवारीको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप