शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘जय हो’को कारण दवाबमा सलोन

बिहीबार, ०४ साउन २०८०, १२ : ००
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । फिल्म ‘जय हो’ आगामी भदौको ८ गतेबाट प्रदर्शनमा आउने फिल्म हो । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म टेक पौरखी राईले निर्देशन गरेका हुन् ।

फिल्मको मुख्य अभिनेता सलोन बस्नेत छन् । फिल्म सलोनको होम प्रोडक्शनमा बनेको हो । होम प्रोडक्शनदेखि बाहिरकोसम्म फिल्म अभिनय गर्दै आएका उनलाई अभिनेतामा नचल्ने र सहअभिनेताको रूपमा चल्ने आरोप लाग्दै आएको छ । त्यही कारण ‘जय हो’ चल्नैपर्ने दबाब उनलाई छ । 

त्यसैले पनि उनी अहिले जोडतोडका साथ फिल्मको प्रचार प्रसारमा हिँडिरहेका छन् । ‘जय हो’ले मेरो अभिनय करियरमा राम्रो मद्दत गर्ने छ’, सलोनले भने ‘फिल्म एकदमै राम्रो बनेको छ । दर्शकले रुचाउनुहुन्छ ।’ फिल्मबाट आफूलाई लाग्दै आएको हिरोमा अनलक्कि ट्याग पनि हट्ने उनले सुनाए ।

फिल्ममा सलोनको साथमा केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप